जानौँ गर्मीमा काँचो प्याजको सेवन गर्दा


[बेलौरी खबर ]
लेखक : admin      ४ महिना अगाडि मा प्रकाशित     
जानौँ गर्मीमा काँचो प्याजको सेवन गर्दा

लुको समस्याबाट बच्नका लागि काँचो प्याजको सेवन गर्ने सल्लाह दिइन्छ । आउनुहोस् जानौँ गर्मीमा काँचो प्याजको सेवन गर्दा टाढा भाग्ने स्वास्थ्य समस्याहरूका बारेमा–

पाचनसँग जोडिएको समस्याबाट बच्नका लागि काँचो प्याजको सेवन गर्नु एकदमै फाइदाजनक हुन सक्छ । यसको सेवनले शरीरलाई हाइडे«टेड र पाचनलाई स्वस्थ राख्न सहयोग मिल्छ।

काँचो प्याज खाँदा हृदय सम्बन्धी समस्याहरूमा कमी आउँछ । काँचो प्याज खाँदा शरीरमा खराब कोलेस्ट्रोल कम हुन्छ । जसले हृदयाघात तथा स्ट्रोकको सम्भावना कम हुन्छ।

रक्तचापको समस्याले सताइरहेको छ भने प्याजको रसको सेवन गर्नु तपाईँका लागि फाइदाजनक हुन सक्छ । प्याजमा पाइने पोटाशियम गर्मीमा तपाईँको रक्तचापलाई नियन्त्रण गर्न सहयोग गर्छ।

काँचो प्याज खानु वा त्यसको जुस पिउँदा आँखालाई पनि फाइदा हुन्छ । भिटामिन ए र केरोटेनायड्सले भरपुर हुने भएकाले प्याजको सेवनले आँखा स्वस्थ हुन्छन्।

इम्युनिटी बढाउनका लागि पनि काँचो प्याजको सेवन गर्नुहोस्। काँचो प्याजमा एन्टीअक्सीडेन्ट्सको मात्रा भरपुर हुन्छ जसले यस मौसममा इम्युनिटीलाई बलियो बनाउन सहयोग गर्छ।