विनोद चौधरी विश्वका १६४७ औं धनी, गएको एक वर्षमा बढ्यो ३० करोड डलर


[बेलौरी खबर ]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
विनोद चौधरी विश्वका १६४७ औं धनी, गएको एक वर्षमा बढ्यो ३० करोड डलर

काठमाडौं, २३ चैत्र । नेपालका एक मात्र डलर अर्बपति तथा सांसद् विनोद चौधरी विश्वकै १६४७ औं धनी व्यक्ति बनेका छन्। फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍यांकिङ अनुसार चौधरीसँग कूल १।८ अर्ब डलर सम्पत्ति रहेको छ। उनी सन् २०२२ मा १९२९ औं स्थानमा थिए। एक वर्षको अवधिमा चौधरीको सम्पत्तिसमेत ३० करोड डलरले वृद्धि भएको छ। म्यागेजिनका अनुसार गत वर्ष उनको सम्पत्ति १।५ अर्ब डलर रहेको थियो।
चौधरी अन्तर्गत सीजी ग्रुप ग्लोबल रहेको छ। उनीसँग भएका नबिल बैंक, सीजी फुड्सबाट उत्पादित वाईवाई चाउचाउ चर्चित छन्। वाईवाई नेपालबाहेक भारत, सर्विया र बंगालादेशमा उत्पादन भइरहेको छ भने इजिप्टमा उत्पादनको तयारीमा छ।
यसैगरी सीजीका विश्वका विभिन्न देशमा होटल पनि रहेका छन्। उनलाई उनका छोरा निर्वाण, राहुल र वरुणले सघाइरहेका छन्।