दार्चुलाको बसपार्कछेउमा घाइते भेटिएका पुरुषको मृत्यु, हत्याको आशंका


[बेलौरी खबर ]
लेखक : admin      ११ महिना अगाडि मा प्रकाशित     
दार्चुलाको बसपार्कछेउमा घाइते भेटिएका पुरुषको मृत्यु, हत्याको आशंका

दार्चुलाको खलंगा बसपार्कनजिक बेहोस अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ ।

महाकाली नगरपालिका-४ स्थित बसपार्कनजिक बेहोस अवस्थामा भेटिएका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्युु भएको हो । चोटपटक लागेर गम्भीर अवस्थामा फेला परेका ती पुरुषलाई उद्धार गरेर प्रहरीको टोलीले जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि भर्ना गरिएको थियो ।

बेवारिसे अवस्थामा फेला परेका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत गहामगरले जानकारी दिए । उनको परिचय खुल्न सकेको छैन । उनको अनुहार र टाउकोमा गम्भीर चोट लागेको छ ।  कसैले कुटपिट गरेर फालेको हुन सक्ने प्रहरीको अनुमान  छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।