घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


[बेलौरी खबर ]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २० चैत्र । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ ।  सोमबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घटेको हो । यसअघि आइतबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो।