सौर्य ऊर्जाको पीपीए मूल्य युनिटको ५.८५ रुपैयाँ प्रस्ताव


[बेलौरी खबर ]
लेखक : admin      ५ महिना अगाडि मा प्रकाशित     
सौर्य ऊर्जाको पीपीए मूल्य युनिटको ५.८५ रुपैयाँ प्रस्ताव

नेपाल विद्युत् प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जा खरिद–बिक्री सम्झौता (पीपीए) को बोलकबोलमा प्रतियुनिट ५.८५ रुपैयाँसम्म मूल्य प्रस्ताव परेको छ । प्रतियुनिट ५.९४ रुपैयाँ बेन्चर्माक दर कायम गरिएकामा आठ कम्पनीले प्रस्ताव पेस गरेका हुन् । यसमा तराई इनर्जी प्रालि र तराई सोलार प्रालिले सबैभन्दा कम मूल्यको प्रस्ताव पेस गरेका छन् । यी दुवैले प्रतियुनिट ५.८५ रुपैयाँ प्रस्ताव गरेका हुन् । यो प्राधिकरणले हिउँदमा जलविद्युत् आयोजनाका लागि तिरिरहेको मूल्यभन्दा कम हो ।

प्राधिकरणले वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँमा बिजुली किनिरहेको छ । हिउँद र वर्षायाम गरी औसतमा जलविद्युत् आयोजनालाई प्राधिकरणले प्रतियुनिट ६.६ रुपैयाँ तिर्ने गरेको छ । बोलकबोलमा पशुपति रिन्युएबल इनर्जीले प्रतियुनिट ५.९३ रुपैयाँका दुई प्रस्ताव पेस गरेको छ । ग्रिन इन्फास्ट्रक्चर प्रालिले ५.८७ रुपैयाँ, अर्घाभगवती भेन्चर्सले ५.९१ रुपैयाँ र फर्च्युन इन्भेस्टमेन्टले ५.८६ रुपैयाँका दुई प्रस्ताव पेस गरेका छन् । ९० मेगावाट सौर्य ऊर्जाका लागि खुलाइएको प्रस्तावमा आठ कम्पनीको बोलकबोल परेको थियो ।

यसअघि प्रतियुनिट ७.३० रुपैयाँ रहेको सौर्य ऊर्जाको मूल्यलाई प्रतिस्पर्धाबाट गराउने निर्णयअनुसार पहिलो पटक ५.९४ रुपैयाँको बेन्चर्माकमा रहेर बोलकबोल प्रस्ताव गरिएको थियो । तत्कालीन ऊर्जामन्त्री पम्फा भुसालको पालामा प्राधिकरण सञ्चालक समिति बैठकले सोलारको पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको थियो ।

सोलारबाट उत्पादित ऊर्जालाई सर्वसुलभ एवं प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय प्रचलनअनुसारको बनाउने भन्दै प्राधिकरणले प्रतिस्पर्धाबाट पीपीए गर्ने भनेको थियुनिटकोयो । सोहीअनुसार प्राधिकरणले पहिलो पटक टेन्डर खुलाएको हो । सोलार आयोजनाबाट उत्पादित विद्युत्को पीपीए गर्दा आयोजनाहरूको उत्पादन सम्मिश्रण (जेनेरेसन मिक्स) को अवधारणाअनुसार राष्ट्रिय ग्रिडमा कुल जडित क्षमताको १० प्रतिशतको परिधिभित्र रहेर प्राधिकरणलाई आवश्यक क्षेत्रमा ‘आधार दर’ तोकी त्यसमा नबढ्ने गरी प्रतिस्पर्धामार्फत पीपीएका लागि आह्वान गरिएको थियो ।युनिटको

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट ०७४ माघ २५ मा स्वीकृत ग्रिड कनेक्टेड वैकल्पिक विद्युत् ऊर्जा विकाससम्बन्धी कार्यविधि, ०७४ मा वैकल्पिक सौर्य र वायु ऊर्जाको विद्युत् खरिद दर प्रतियुनिट ७ रुपैयाँ ३० पैसा तोकिएको थियो । उक्त दर तीन वर्षभित्र विद्युत् खरिद सम्झौता सम्पन्न हुने आयोजनाका लागि कायम हुने निर्णय भएको थियो ।मन्त्रालयको उक्त निर्णयलाई प्राधिकरण सञ्चालक समितिले ०७५ असार २६ को ७७३ औं बैठकबाट निर्णय गरी कार्यान्वयनमा ल्याएको थियो । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो विकसित प्रविधिका कारण सोलार आयोजनाबाट उत्पादन गरिने विद्युत्को मूल्य निरन्तर घट्दो छ । प्राधिकरणले यसअघि २१ सोलार आयोजनासँग १ सय १० मेगावाटको पीपीए गरेको थियो । यसमध्ये हालसम्म निजी क्षेत्रको ६१.९४ मेगावाट र प्राधिकरणको २५.१ मेगावाट गरी कुल ८७.०४ मेगावाट सौर्य ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।