सेती प्रादेशिक अस्पतालले आईतबार पनि ओपिडी सेवा दिने


[बेलौरी खबर ]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
सेती प्रादेशिक अस्पतालले आईतबार पनि ओपिडी सेवा दिने

धनगढी – सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले आईतबार पनि ओपिडी सेवा दिने यथावत रहने जनाएको छ। बुधबार अस्पतालले  एक सूचना जारी गर्दै यस्तो जनाएको हो। 

जारी गरीएको सूचनामा भनिएको छ, ‘सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरि शनिबार र आईतबार हप्तामा २ दिन सार्वजनिक बिदा  दिने निर्णय गरेकोमा यस अस्पतालले बिरामीको चापलाई ध्यानमा राख्दै अस्पतालले ओपिडी सेवा स्थगन नगर्ने र सेवा यथावत रहने छ।’