सुन तस्करी प्रकरण : उच्चस्तरीय आयोग गठनबारे छलफल गर्न २ बजे बैठक


[बेलौरी खबर ]
लेखक : admin      ७ महिना अगाडि मा प्रकाशित     
सुन तस्करी प्रकरण : उच्चस्तरीय आयोग गठनबारे छलफल गर्न २ बजे बैठक

काठमाडौं, ७ असाेज। सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका विषयमा छलफल गर्न २ बजे बैठक बोलाइएको छ ।

यसअघि दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सहमति भएको थियो । तर सत्तापक्ष र प्रतिपक्षी आ—आफ्नै अडानमा रहेका कारण आयोग गठन हुन सकेको छैन ।अहिले सत्तारुढ दलहरू आन्तरिक छलफलमा छन् । २ बजे गृह मन्त्रालयमा नेकपा एमाले समेतको बैठकमा आयोग गठनका विषयमा छलफल हुनेछ । यता, एमाले सचेतक महेश बर्तौलाले आयोग गठन गर्ने सहमति भए पनि त्यसअनुसार सरकार अगाडि नबढेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्- आयोग गठनका लागि सरकार तयार नहुनुले सुन लगायतको तस्करी र गैरकानूनी धन्दामा उच्चस्तरीय सरकारी संलग्नता प्रतिको आशङ्का झनै बढेर गएको छ । आफैँले गरेको सहमतिलाई समेत लत्त्याएर राजनीति र संसद्लाई घात प्रतिघात, धोकाधडी, अविश्वास र द्वन्द्वतर्फ धकेल्न सरकार प्रयत्नशील रहेको हो कि भन्ने आशङ्का प्रति यस घटनाले सत्य प्रमाणित गरेको छ। यो देशको लागी असाध्यै दुःखद र गम्भीर चिन्ताको विषय हो। यद्यपि संवाद र छलफलको प्रयत्नलाई भने सकारात्मक रूपमै लिएका छौँ ।