सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला खुल्यो


[बेलौरी खबर ]
लेखक : admin      २ महिना अगाडि मा प्रकाशित     
सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला खुल्यो

कञ्चनपुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयमा लागाइएको ताला अढाई महिनापछि खुलेको छ। समाजवादी विद्यार्थी संगठनले विभिन्न माग राख्दै सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको थियो।

विश्वविद्यालय प्रशासन र समाजवादी विद्यार्थी संगठनबीच सहमति भएपछि बिहीवार ताला खुलेको हो। विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठन अनेरास्ववियूबीच विश्वविद्यालयका शिक्षकको नियुक्ति विश्वविद्यालयको ऐन नियम बमोजिम गर्ने, विश्वविद्यालयको ऐन बमोजिम समायोजन गर्ने र गत भदौमा परिक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियूका नेतालाई लगाएको मुद्धा फिर्ता लिने सहमति भएको अनेरास्ववियूका जिल्ला संयोजक रमेश पन्तले बताए। केन्द्रिय कार्यालयमा साउन १ गते नेकपा एमाले निकट अनेरास्ववियू र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनसँग सहमति भएपछि उनीहरुले ताला यस अघिनै खोलेका थिए। तर नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठनको भने ताला खुल्न सकेको थिएन।