सुदुरपश्चिम प्रदेश सरकार छोड्न उन्मुक्ति अध्यक्षको निर्देशन


[बेलौरी खबर ]
लेखक : admin      १ महिना अगाडि मा प्रकाशित     
सुदुरपश्चिम प्रदेश सरकार छोड्न उन्मुक्ति अध्यक्षको निर्देशन

सुदुर्पश्चिम प्रदेश सरकार छोड्न नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले पार्टी अहिले नयाँ गठबन्धनको पक्षमा रहेकाले सुदुरपश्चिममा मात्रै पुरानो गठबन्धन रहने कुरो नहुने बताइन् ।

उन्मुक्ति पार्टी का तीन सांसदलाई मन्त्री बनाएर मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकार बिस्तार गरेका छन् ।

उनिहरुले शुक्रबार अबेर राती सपथ खाएका छन् । उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी को पक्षमा यहाँ बहुमत रहेको छ ।

पार्टी केन्द्र कि अध्यक्ष रन्जिताले भने सरकार नछाडे कार्बाही गर्ने चेतावनी दिएकी छन् । अध्यक्षलाई नसोधी सरकारमा जाने कुरा विधि सम्मत नहुने उनको तर्क छ ।

उन्मुक्ति पार्टी  भित्र अब बिबाद शुरु भएको भनेर पनि चर्चा पनि हुन थालेको छ । प्रदेश सरकार मा जाने र नजाने बिषयमा अध्यक्ष रन्जित र पार्टी संस्थापक रेशम चौधरी बिच पनि तीब्र बिबाद चलेको छ ।

यहाँ सरकारमा जाने बिषय रेशम कै रोडम्याप भएको अध्यक्ष रन्जिता को बुझाई रहेको छ । गत महिना सम्पन्न उक्त पार्टी को महाधिवेशनले अध्यक्षमा रेशमलाई चयन गरेको थियो ।

तर निर्बाचन आयोग ले भने  चौधरीको कमिटीलाई मान्यता नदिएर रन्जिता कै कमिटी लाई मान्यता दिएको छ ।