साउदी अरबमा यस वर्षकै सबैभन्दा ठुलो सामूहिक मृत्युदण्ड दिइने भएको छ ।आतङ्कवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागिएको हो ।
मिडियाका अनुसार यी अपराधीहरूले मस्जिदमा आक्रमण गरेका थिए । यस आक्रमणमा पाँच जनाको ज्यान गएको थियो भने कैयौँ घाइते भएका थिए । यी पाँच दोषीमध्ये चार साउदी र एक इजिप्टका नागरिक थिए।
आधिकारिक साउदी प्रेस एजेन्सीले प्रकाशित गरेको आन्तरिक मन्त्रालयको विज्ञप्तिमा आक्रमण कहिले भएको हो वा पूजा स्थललाई कसरी निशाना बनाइएको थियो ? भन्ने विषय चाहिँ उल्लेख गरिएको छैन।
समाचार एजेन्सी एएफपीका अनुसार गत मेको अन्त्यमा आतङ्कवादको आरोपमा दुई बहराइनीहरूलाई मृत्युदण्ड दिइएको थियो । गत वर्ष साउदी अरेबियाले कुल १४७ जनालाई मृत्युदण्ड दिने घोषणा गरेको थियो, जुन २०२१ मा भएको ६९ जनाको दोब्बर सङ्ख्या हो ।