सवारी दुर्घटनामा परेका एक जनाको मृत्यु


[बेलौरी खबर ]
लेखक : admin      ७ महिना अगाडि मा प्रकाशित     
सवारी दुर्घटनामा परेका एक जनाको मृत्यु

कैलालीमा सवारी दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका-४ डङडङ्गेस्थित सडकमा से.५ प २१०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका-१ का २९ वर्षीय नरेश चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचार पछी निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ । !