एसिया कप क्रिकेटमा बंगलादेशलाई श्रीलंकाले २५८ रनको लक्ष्य दिएको छ। कोलम्बोको रणसिंघे प्रेमदास स्टेडियममा पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २५७ रन बनाएको हो।
श्रीलंकाका लागि सदीरा समरविक्रमा ९३ रन तथा कुसल मेन्डिसको ५० रनको मद्दतमा श्रीलंकाले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको हो। सदीराले ७२ बलमा ८ चौका र २ छक्काको मद्दतमा ९३ रन बनाउँदा कुसल मेन्डिसले पनि ७३ बलमा अर्धसतक पूरा गरे।
कप्तान दासुन शानकाले २४ र ओपनर पथुम निसानकाले ४० रन बनाए। बंगलादेशका लागि तस्किन अहमद र महमुदले समान ३ विकेट लिँदा शरीफुल इस्लामले २ विकेट लिए। बंगलादेशले जवाफी ब्याटिङ सुरु गरेको छ। यसअघि समूह चरणको खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो।