विश्वकप क्रिकेटमा श्रीलङ्काकाे पहिलाे जित, नेदरल्यान्ड्सलाई ५ विकेटले हरायाे


[बेलौरी खबर ]
लेखक : admin      १ महिना अगाडि मा प्रकाशित     
विश्वकप क्रिकेटमा श्रीलङ्काकाे पहिलाे जित, नेदरल्यान्ड्सलाई ५ विकेटले हरायाे

आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा श्रीलङ्काले पहिलाे जित हात पारेकाे छ ।

आज शनिवार लखनउमा भएकाे खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई ५ विकेटले हरायाे । नेदरल्यान्ड्सले दिएकाे २ सय ६३ रनकाे लक्ष्य श्रीलङ्काले ४८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । श्रीलङ्काका सदीरा समाराविक्रमाले नटआउट ९१ रन बनाए । यस्तै पथुम निसान्काले ५४ र चरिथ असलन्काले ४४ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दतले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्स ४९ ओभर ४ बलमा २ सय ६२ रन बनाउँदा अलआउट भयाे । नेदरल्यान्ड्सका सायब्रान्ड इन्गेलब्रेचले ७० र बीकले ५९ रन बनाए । बलिङतर्फ श्रीलङ्काका दिलशन मदुशन्का र कसुन रजिथाले ४/४ विकेट लिए ।

याे जितसँगै श्रीलङ्का ४ खेलमा २ अङ्कसहित नवाैँ स्थानमा छ । नेदरल्यान्ड्स उति नै खेलमा २ अङ्कसहित नेट रनरेटकाे आधारमा आठाैँ स्थानमा छ ।