वन मुद्धाका एक फरार प्रतिवादी पक्राउ


[बेलौरी खबर ]
लेखक : admin      ४ महिना अगाडि मा प्रकाशित     
वन मुद्धाका एक फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा वन मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको  भीमदत्त नगरपालिका–९ का किसनसिंह कार्कीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

कार्कीलाई जिल्ला अदालत कञ्चनपुरले २०७४ भाद्र १४ गते ‘वन पैदावार पाँचऔले चोरी निकासी मुद्धामा’ एक वर्ष कैद सजाय सुनाइएको थियो । 

उनी सोहि दिनबाटै फरार रहेका थिए । कार्कीलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई अदालतले सजाय  भुक्तानको लागी कारागार चलान गरेको छ ।