वनएक्स बेट प्रकरणः पक्राउ परेका युट्युबर तथा कलाकारमाथिको अनुसन्धान सकियो


[बेलौरी खबर ]
लेखक : admin      ५ महिना अगाडि मा प्रकाशित     
वनएक्स बेट प्रकरणः पक्राउ परेका युट्युबर तथा कलाकारमाथिको अनुसन्धान सकियो

काठमाडौं । अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म वनएक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका १० जना युट्युबर तथा कलाकार विरुद्धको अनुसन्धान सकिएको छ । अनुसन्धान सकिएपछि मिसिल जिल्ला सरकारी अदालत कार्यालय पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

“अनुसन्धान सकिएर आज जिल्ला सरकारी वकिल कार्यालयमा मिसिल पठाइएको छ,” टेकपानासँग कुरा गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक सिताराम रिजालले भने, “मिसिल अध्ययन गरेर त्यसको अभियोजन गरेपछि अदालती प्रक्रिया सुरु हुन्छ । त्यसपछि बयान र थुनछेक बहस हुन्छ ।”

जेठ ३२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन सट्टेबाजी प्लेटफर्म वनएक्स बेटकाे प्रचारमा संलग्न आठ कलाकार तथा युट्युबरलाई पक्राउ सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) पवन खतिवडा (म्याकुरी) अलिस राई, जलन घर्तिमगर (जलन), गणेश देवकोटा (गणेश जीडी), सरोज घिमिरे (ढेडु बुढो) र ‍बेगम नेपाली (भटभटे माइला) रहेका छन् ।

कार्यालयका अनुसार आरोपित आठै जना वनएक्स बेटमार्फत विभिन्न खेल खेलाउन आफ्नो युट्युब च्यानलमार्फत प्रचार गर्थे । यसरी विज्ञापन गरी सर्वसाधारणलाई सट्टेबाजी गर्न, गराउनको लागि उत्प्रेरित गरेको भन्दै उनीहरूलाई कार्यालयबाट खटिएको विशेष टोलीले जेठ ३१ गते विभिन्न ठाउँबाट पक्राउ गरेको थियाे ।