लागुऔषधसहित २ जना पक्राउ


[बेलौरी खबर ]
लेखक : admin      ७ महिना अगाडि मा प्रकाशित     
लागुऔषधसहित २ जना पक्राउ

कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको टिकापुर न.पा.९ खक्रौलाबाट २ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका वडा नं.७ का २२ वर्षीय रोशन बुढालाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले सोमबार साँझतिर पक्राउ गरेको हो ।

यस्तै धनगढी उपमहानगरपालिका-४ तारानगरबाट ४ ग्राम १ सय ३० मिलिग्राम ब्राउन सुगर सहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ बस्ने ३० वर्षीय गौरब बमलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बeताएको छ