यो देशको प्रधानमन्त्री बन्न सक्छ भने…


[बेलौरी खबर ]
लेखक : admin      ९ महिना अगाडि मा प्रकाशित     
यो देशको प्रधानमन्त्री बन्न सक्छ भने…

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाको प्रशंसा गरेका छन्।

पार्टीको जनसभालाई सम्बोधन गर्न देउवाको गृहजिल्ला पुगेका लामिछानेले देउवाको प्रशंसा गर्दै विशेष धन्यaवादसमेत दिएका छन्

‘म विशेष धन्यवाद दिन चाहन्छु आदरणीय नेता शेरबहादुर देउवाज्यूलाई। एउटा गरिब किसानको छोरो यो देशको प्रधानमन्त्री बन्न सक्छ भने हरेक चिज हुनसक्छ,’ उनले भने ।

‘प्रधानमन्त्री भएपछि देशप्रति इमान्दार हुनुपर्यो र निष्ठावान् हुनुपर्यो। अब बन्ने डडेलधुराको नेताले आफ्नो परिवारको लागि भन्दा देश र माटोको लागि खर्च गर्नुपर्छ भन्न म यहाँ आएको हो।’