युबा संघको कार्यक्रम तीनकुनेमा दुर्गा पर्साइको बल्खुमा हुने


[बेलौरी खबर ]
लेखक : admin      ५ महिना अगाडि मा प्रकाशित     
युबा संघको कार्यक्रम तीनकुनेमा दुर्गा पर्साइको बल्खुमा हुने

काठमाडौँ – मंसिर ७ मा अभियान्ता  दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाण्डौ स्रोतले बताएको छ ।

माइतीघरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि युवा संघले पनि काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार सूचना जारी गरेर कार्यक्रमस्थल तीनकुनेमा सरेको जानकारी दिएका हुन् ।

अब  दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम उद्घाटन गर्ने छन ।