मौन अवधिमा प्रचार गरेको भन्दै निर्वाचन आयोगले दाहाललाई सोध्यो ८ घण्टे स्पष्टीकरण


[बेलौरी खबर ]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
मौन अवधिमा प्रचार गरेको भन्दै निर्वाचन आयोगले दाहाललाई सोध्यो ८ घण्टे स्पष्टीकरण

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निर्वाचन आयोगले ८ घण्टे स्पष्टीकरण सोधेको छ ।मौन अवधिमा प्रचारप्रसारमा स‌ंलग्न भएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो ।

आयोगले बिहीबार प्रचण्डले मौन अवधिमा चितवनका भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार रहेकाहरुको पक्षमा मत मागेको भन्दै ८ घण्टे स्पष्टीकरण सोधेको हो।

निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘मौन अवधिमा यहाँबाट भएका क्रियाकलापबाट निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ को खण्ड (क) र खण्ड (ग) मा उल्लिखित “मौन अवधिमा पालना गर्नुपर्ने आचरणको उल्लङ्घन भएको छ ।प्रस्तुत सन्दर्भमा यहाँबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको अवस्थामा यहाँको नाम निर्वाचन आचारसंहिताको उल्लङ्घनकर्ताको रुपमा किन सार्वजनिक गर्नु नपर्ने हो ?’

दाहाललाई  पत्र प्राप्त भएको समयले ८ घण्टाभित्र आयोगमा लिखित जवाफ पेस गर्न आयोगले अनुरोध गरेको छ  यसअघि पनि आयोगले दाहाललाई आचारसंहिताविपरीत अभिव्यक्ति दिएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।