मियामीमा मेस्सीको भव्य स्वागत


[बेलौरी खबर ]
लेखक : admin      ५ महिना अगाडि मा प्रकाशित     
मियामीमा मेस्सीको भव्य स्वागत

अमेरिकी क्लब इन्टर मियामीमा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीको भव्य स्वागत भएको छ ।

इन्टर मियामीले घरेलु मैदान डीआरभी पीएनके स्टेडियममा मेस्सीलाई आधिकारिक रुपमा सार्वजनिक गरेको थियो । जहाँ सात पटकका बालोन डीओर विजेतालाई १० नम्बरको जर्सीमा हेर्न २० हजार समर्थक उपस्थित थिए ।

स्पेनिस भाषामा छोटो सम्बोधन गरेका ३६ वर्षीय मेस्सीले समर्थकहरूलाई धन्यवाद दिए ।

विश्वकप विजेता अर्जेन्टिनाका फरवार्ड सन् २०२५ को अन्त्यसम्म मेजर लिग सकर एमएलएस क्लब इन्टर मियामीमा रहने छन् । जहाँ बार्सिलोनामा खेलेका डिफेन्सिभ मिडफिल्डर सर्जियो बुस्केट्ससँग उनको पुनर्मिलन हुनेछ ।

बुस्केट्सलाई पनि आइतबार रातिको कार्यक्रममा औपचारिक रूपमा क्लबको मैदानमा सार्वजनिक गरिएको छ ।

मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेर अमेरिकन क्लब इन्टर मियामी गएका हुन् ।

स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार मेस्सीले साउदी अरेबियाका अल हिलालले प्रस्ताव गरेको मोटो रकम त्यागेर अमेरिकी क्लबमा जाने निर्णय गरेका थिए ।