महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले सिलाई कटाई तालिम सुरु


[बेलौरी खबर ]
लेखक : admin      ४ महिना अगाडि मा प्रकाशित     
महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले सिलाई कटाई तालिम सुरु

जिल्लामा महिलाहरुलाई सिलाई कटाई तालिम दिन सुरु गरियको छ । पञ्चेश्वर गाउँपालिकाको वडा नं १ का महिलाहरुलाई सिलाई कटाई तालिम  दिन थालिएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको वडा नं १ का वडा अध्यक्ष दिवान सार्कीले बताए । गाउँघरका पछाडि परेका महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन आफुले सिलाई कटाई  तालिमको अवधारणा अघि सारेको समेत उनले बताए ।

वडाको बजेटबाट ९ गते  देखि सञ्चालन गरियको उक्त तालिममा ३० जना महिलाहरुको  सहभागिता रहेको बताइएको छ । कुनै पनि महिलाहरुले  सिलाई कटाई तालिम सम्पन्न पश्चात व्यवसायिक रुपले काम गर्न चाहेमा वडाले सहयोग गर्ने वडा अध्यक्ष सार्कीको भनाई  छ ।

उक्त सिलाई कटाई तालिम एक सय २० दिन चल्ने छ भने घरको चुलो चौकोमा सिमित महिलाहरुले व्यवसाय सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बन्न सक्ने विश्वास समेत गरिएको  छ ।