महाकाली नदीमा पानीको सतह बढ्यो ,,,सतर्कता अपनाउन आग्रह


[बेलौरी खबर ]
लेखक : admin      ४ महिना अगाडि मा प्रकाशित     
महाकाली नदीमा पानीको सतह बढ्यो ,,,सतर्कता अपनाउन आग्रह

महाकाली नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । महाकाली नदीमा पानीको सतह ५ दशमलव ८० मिटरभन्दा माथि पुगेको र पानीको सतह अझै बढिरहेको बाढी पूर्वानुमान महाशाखाले जनायको छ ।

महाकालीमा पानीको सतह बढेपछि डडेलधुरा र कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँका बासिन्दालाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, भोलि र पर्सि पनि विभिन्न ठाउँका नदी तथा खोलामा बाढी आउने सम्भावना रहेकाले सचेत रहन महाशाखाको आग्रह छ ।

मौसमविद्ले आज, भोलि र पर्सि तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरेका छन् । केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा उत्तरतिर रहेको र बिस्तारै नेपाल नजिक आउने क्रम चलिरहेकाले अबको तीन दिन देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन् ।