कञ्चनपुरमा भारतीय नम्बर प्लेट कारसहित ८ लाखको अबैध समान बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा न.४ बजारमा अवैध रुपमा भन्सार छली गरी ल्याएका ७ लाख ९९ हजार ७ सय बराबरको खुण्टि, चुकुल ताला, बिभिन्न स्टेसनरीका सामान र भारतिय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको जनाएको छ । बरामद गरिएको समान आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।