भन्सार छलीका सामान बरामद


[बेलौरी खबर ]
लेखक : admin      १० महिना अगाडि मा प्रकाशित     
भन्सार छलीका सामान बरामद

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–१ बन्साह चौराहबाट अवैध रुपमा भन्सार छली ल्याएका नौँ हजार बराबरको चिनी, बिडी लगाएतका सामान अस्थाई प्रहरी पोष्ट बन्साह कञ्चनपुरबाट गएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो। बेवारिसे अवस्थामा फेला पारेको सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।