कञ्चनपुरमा प्रहरीले भन्सारछलीका सामान बरामद गरेको छ । जिल्लाको भिमदत्त नगरपालिका–४ बसपार्क तथा सोहि पालिकाको वडा नम्बर–१० मा बेवारिसे अवस्थामा सामान फेला पारेको हो ।
भन्सार छली दुई लाख २० हजार चार सय मुल्यबराबरका चप्पल, सेतो कालो झिल्ली, चिनी, मिश्री, तेल, मसला, साबुन, बिडि, गुड, सोडा, जुत्ता, कम्बल, छाता, त्रिपाल, दुध पाउडर र ६ थान साइकल बरामद गरेको प्रहरीले जनाएको छ ।
विभिन्न समयमा सुदुरपश्चिम प्रदेश प्रहरी टोलीले ती सामान बरामद गरेको जनाएको छ । बराद गरेका सामान भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ ।