बेलौरी,२८ कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका सम्पूर्ण सेवा स्थगित गरिएको छ । मालपोत कार्यालय बेलौरीले सोमबार सूचना जारी गर्दै २७ गते (आज)बाट सेवा स्थगित गर्न लागिएको जानकारी दिएको हो ।
उक्त कार्यालयका कर्मचारीहरु स्थानीय तह निर्वाचनमा खटिने भएकाले आज (मंगलबार)बाट मतदानका दिनसम्म कार्यालयबाट सेवाग्राहीलाई दिने सम्पूर्ण सेवाहरु स्यगित गरिएको सूचनामा उल्लेख छ । स्थानीय तह निर्वाचन वैशाख ३० गते शुक्रबार हुँदैछ ।