बेलडाँडीबाट ब्राउन सुगर सहित दुई युवा पक्राउ


[बेलौरी खबर ]
लेखक : admin      २ महिना अगाडि मा प्रकाशित     
बेलडाँडीबाट ब्राउन सुगर सहित दुई युवा पक्राउ

बेलाैरी, १८ असोज । बेलडाँडीबाट लागू औषध सहित दुई जना युवालाई पक्राउ गरेकाे छ ।

बुधबार राती ९:३० बजे ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा लागु औषध सहित दुई जना युवालाई पक्राउ गरेकाे हाे ।

बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट भीमदत्त नगरपालिका वडा न. २ उल्टाखाम बस्ने राजु चौधरी र वडा न. १९ बागफाँटा बस्ने अमित चौधरीलाई ४ ग्राम ३२० मिलिग्राम लागु औषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।