बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु


[बेलौरी खबर ]
लेखक : admin      ५ महिना अगाडि मा प्रकाशित     
बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बर्दिया। बाघको आक्रमणबाट आइतबार बर्दियामा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालले बाघको आक्रमणमा २५ वर्षकी ममता सुनारको मृत्यु भएको जानकारी दिए।

घाँस दाउराका लागि गएकी उनलाई आइतबार दिउँसो राजापुर नगरपालिका-१० सुकुम्बासी टोल नजिक नेपाल भारत सीमाना नजिक वनमा आक्रमण गरेको थियो। आक्रमण बाट गम्भीर घाइते सुनारको जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको उनले जनाए। उनीसँगै घाँस,दाउरा गर्न गएका अन्य २ महिला बाघको आक्रमणबाट तर्सिंदा बेहोस भएका छन्। उनीहरुको राजापुरमा उपचार भईरहेको डिएसपी अर्यालले जानकारी दिए।