बस र ट्रक एक आपसमा दुर्घटनामा 


[बेलौरी खबर ]
लेखक : admin      ५ महिना अगाडि मा प्रकाशित     
बस र ट्रक एक आपसमा  दुर्घटनामा 

कैलालीमा बस र ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा १६ जना घाइते भएका छन् । आज दिउँसो घोडाघोडी नगरपालिका–१० घुम्तिभाकल स्थित पूर्वपश्चिम राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको गाडी सुदूरपश्चिम प्रदेश ०१–००१ख२७५९ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको म १ ख ९०९ नम्बरको बस एक–आपसमा ठोक्किँदा बस र ट्रकमा सवार यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए ।

दुर्घटना परी घाइते हुनेमा कैलालीको जोशीपुर गा.पा.५ बस्ने वर्ष अन्दाजी ३५ को बाल कृष्ण चौधरी, बैतडीको पाटन न.पा.७ बस्ने वर्ष ३८ को तेज सिंह ठगुन्ना बस चालक, कैलाली गोदावरी न.पा.२ बस्ने वर्ष ४० को बिर्ख बहादुर राना मगर बसको सहचालक, कैलालीको टिकापुर न.पा.१५ बस्ने वर्ष ४२ की यशोदा कठायत, सुर्खेतका वर्ष ७० की मोति मिजार, कैलाली घोडाघोडी न.पा.१ बस्ने वर्ष ५१ को प्रेमलाल चौधरी, कैलालीको टिकापुर नपा ३ बस्ने वर्ष ३५ को पुष्पा सिर्पाली, वर्ष १० को जोन सिर्पाली, कैलालीको घोडाघोडा नपा १० बस्ने वर्ष २३ को चित्रा शाही कैलालीको बर्दगोरिया गापा ६ बस्ने वर्ष २५ की मिना बम, मिनाकी छोरी वर्ष १ कि सरस्वती बम, कैलालीको घोडाघोडी नपा १० बस्ने वर्ष २१ को रुपेश शाही, कैलालीको टिकापुर न.पा.१ बस्ने वर्ष ३५ की कमला रावल भण्डारी, बर्दिया राजापुर न.पा. ३ बस्ने वर्ष २२ कि सुष्मा चौधरी, सुष्माका  छोरा वर्ष १ कायरन चौधरी, कैलाली घोडाघोडी ५ बस्ने वर्ष ४० कि फुलकुमारी चौधरी, घोडाघोडी नपा कै २६ कि रितिका चौधरी, सोही नगरपालिका बस्ने वर्ष १६ कि प्रगति चौधरी र कैलालीको टिकापुर ४ बस्ने वर्ष ४ को सलुन भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 

बाल कृष्ण चौधरीको अवस्था गम्भीर भएपछि  भेरी अस्पताल बाँके रिफर गरेको कैलालीका प्रहरी निरीक्षक साउँदले जानकारी दिए ।
 
उक्त दुर्घटना हुँदाको क्रममा नजिकै रहेका साइकल यात्री भाग्ने क्रम लडेर सामान्य घाइते भई उनको स्थानीय कुष्मि मेडिकल पहलमानपुरमा उपचार भइरहेको रहेको छ । 

बस चालक ठगुन्नालाई थप उपचारका लागि कैलालीकै नोभा अस्पताल धनगढी रिफर गरिएको साउँदले जानकारी दिए ।