बरामद भएको सुनको तौल एक क्विन्टल नपुग्ने सम्भावना ?


[बेलौरी खबर ]
लेखक : admin      ४ महिना अगाडि मा प्रकाशित     
बरामद भएको सुनको तौल एक क्विन्टल नपुग्ने सम्भावना ?

अनुसन्धान विभागले बरामद गरेको सुन पगालेर जोख्न थालिएको छ ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनको परिमाण यकिन गर्न पगाल्ने प्रक्रिया थालेको हो ।

राजस्व अनुसन्धान विभागको टोलीले गत साउन ३ गते बरामद गरेको सय किलो सुन नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा धमाधम जोख्ने काम भइरहेको छ ।

राजस्व अनुसन्धान विभाग, सीआईबी र नेपाल राष्ट्र बैंकका प्रतिनिधिको रोहबरमा सुन लुकाइएको ब्रेक सुको कार्टुन खोलिएको हो ।

नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार पत्रकारहरुमाझ एउटा कार्टुन खोलिएको हो ।

एउटा प्याकेट खोलेर देखाएपछि तीनै निकायका टोली अन्य कार्टुन खोलेर जोख्न कोठा भित्र पसेका छन् ।

सबै सुन जोखिसकेपछि आजै साँझदेखि पगाल्न थालिने बताइएको छ । ब्रेक सुसहित बरामद सामानको परिमाण १५५ केजी थियो।

राजस्व अनुसन्धान विभागले बरामद गरेपछि कार्टुनसमेत पोको पाकेर राष्ट्र बैंकमा राखेको थियो ।

आचार्यका अनुसार एउटा कार्टुन खोलेर हेर्दा जति अनुमान गरिएको थियो, त्यो भन्दा कम परिणाममा सुन भेटिएको छ ।

एउटा कार्टुनभित्र २० वटा टुक्रा भेटिएको छ । यो अनुमान गरेभन्दा कम परिमाण भएको आचार्यको भनाइ छ । ‘सबै जोखिसपछि कति पुग्छ थाहा हुन्छ, उनले भनेका छन् ।