फेरी पनि रेड लेबल विषादी युक्त तरकारी भेटियो


[बेलौरी खबर ]
लेखक : admin      ३ दिन अगाडि मा प्रकाशित     
फेरी पनि रेड लेबल विषादी युक्त तरकारी भेटियो

कैलालीको अत्तरियामा फेरी पनि रेड लेबल विषादी युक्त तरकारी भेटिएको छ ।सोमबार कृषि उपज थोक बजार अत्तरियाबाट संकलन गरेका ५ वटा तरकारीको नमूनामा विषादीको मात्रा परीक्षण गरिएकोमा २ वटा नमूनामा रेड लेबल विषादी युक्त तरकारी भेटिएको हो ।

डडेल्धुराबाट ल्याइएको काउली र कैलालीको गोलभेडामा रेड लेबल विषादी भेटिएको विषादी अवशेष दु्रत विश्लेषण इकाई अत्तरिया प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताएका छन् । उनले अत्तरिया तरकारी तथा फलफूल पसलमा राखिएको काउली र पाण्डे फलफूल तथा तरकारी पसलमा राखिएको गोलभेडाको नमूनामा रेड लेबल विषादीको मात्रा भेटिएपछि खान अयोग्य हुने भएकाले नष्ट गरिएको बताए ।

यसअघि चालु आर्थिक वर्षमै साउन १२ गते सल्यानबाट ल्याइएको भेडे खुर्सानीमा रेड लेबल विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको थियो । त्यसपछि भने विषादी परीक्षणका लागि आवश्यक किट सकिएपछि करिब डेढ महिना देखि परीक्षणको काम रोकिएको थियो । शुक्रबार देखि विषादी परीक्षण सुरु गरिएको थियो । विषादी अवशेष दु्रत विश्लेषण इकाइले तरकारी फलफूलमा अर्गानोफस्फेट, कार्बोमेटको मात्रा परीक्षण गदै आएको छ ।