प्रधानमन्त्री देउवा मतदान गर्न धनगढीबाट हेलिकप्टरमा सिधै रुवाखोला आउदै !


[बेलौरी खबर ]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
प्रधानमन्त्री देउवा मतदान गर्न धनगढीबाट हेलिकप्टरमा सिधै रुवाखोला आउदै !

डडेल्धुरा – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका छन् ।आज मतदान गर्न प्रधानमन्त्री देउवा धनगढीबाट नेपाली सेनाको हेलिकप्टरमा सिधै रुवाखोलामा आउने कार्यक्रम रहेको छ । स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री देउवाले असिग्राम मावि रुवाखोलाबाट मतदान गर्ने सहायक मतदान अधिकृत दिलीप तामाङले जानकारी दिएका छन् । यसअघि पनि प्रधानमन्त्रीले यही मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका थिए ।