पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, भेट्न पुगे पूर्वराजा ज्ञानेन्द्र शाह


[बेलौरी खबर ]
लेखक : admin      ३ महिना अगाडि मा प्रकाशित     
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, भेट्न पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं, १५ भदौ । मुटुमा केही असहज महशुस भएर ह्याम्स\ अस्पताल पुगेका पूर्वयुवराज पारस शाहलाई २४ घण्टा अव्जर्बेशनमा राखिने भएको छ ।

मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना भएका पारसलाई भेट्न उनका आमाबुवा ज्ञानेन्द्र र कोमल शाह र पत्नी हिमानी शाह पुगेका थिए ।

अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले शाहको स्वास्थ्य अवस्था अहिले नर्मल रहेको जनाएका छन् । उनकाअनुसार शाहको मुटुमा आईसीडी राखिएकोले २४ घन्टा अब्जर्बेशनका लागि भर्ना गरिएको हो ।