पहिरो खसेपछि साँफे–मार्तडी राजमार्ग अवरुद्ध


[बेलौरी खबर ]
लेखक : admin      ४ महिना अगाडि मा प्रकाशित     
पहिरो खसेपछि साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुराः बाजुराको मुख्य सडकका रुपमा रहेको साँफे–मार्तडी राजमार्ग आइतबार मध्यरातिदेखि अवरुद्ध भएको छ।

अविरल वर्षाका कारण उक्त राजमार्गको अम्कोटमा पहिरो खसेपछि सोमबार बिहानदेखि पूर्ण रुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। करिब पाँच सय मिटर लामो पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक कविन्द्रसिंह बोहराले बताए।