नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्न संसद्को दुई तिहाइ चाहिन्छ : ओली


[बेलौरी खबर ]
लेखक : admin      ६ महिना अगाडि मा प्रकाशित     
नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्न संसद्को दुई तिहाइ चाहिन्छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा साम्प्रदायिक सद्भाव कायम गर्नु सबै नेपालीको दायित्व भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपाल पुनः हिन्दू राष्ट्र घोषणा संसद्को दुई तिहाइ मतबाट मात्र हुनसक्ने बताए ।

उनले गणतन्त्रका विरुद्धका अभिव्यक्ति नागरिक स्वतन्त्रताको उपयोगबाहेक केही नभएको टिप्पणी गरे । नेपालको जातीय विविधता र एकता बिगार्नेबाट सचेत हुन आवश्यक भएको विचार व्यक्त गरे ।

अध्यक्ष ओलीले कोशी प्रदेशको वर्तमान सरकारलाई सबै राजनीतिक दलले समर्थन गर्नुपर्ने बताए । प्रदेश मध्यावधि निर्वाचनमा जानु उचित नभएकाले त्यसतर्फ सबै राजनीतिक दलले त्यसान ध्यान दिनुपर्नेमा जोड दिए ।