नेपालको नक्सालाई सबै अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ : परराष्ट्र मन्त्रालय


[बेलौरी खबर ]
लेखक : admin      ७ महिना अगाडि मा प्रकाशित     
नेपालको नक्सालाई सबै अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ : परराष्ट्र मन्त्रालय

काठमाडौं- नेपालले तीन वर्षअघि जारी गरेको भौगोलिक नक्सालाई नेपालका छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस नोट जारी गर्दै नेपालको धारणा सार्वजनिक गरेको हो।

मन्त्रालयले भनेको छ, ‘सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट  छ। यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ।’

चीनले २८ अगस्टमा जारी गरेको नयाँ नक्सामा नेपालको नक्साको चुच्चे भागलाई हटाएको थियो। त्यसको नेपालमा विरोध भइरहेको छ।