निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न


[बेलौरी खबर ]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

बेलाैरी,६ जेठ /कञ्चनपुरको बेलौरी नगरपालिका नव निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरण गरी सपथ ग्रहण गराइएको छ । शुक्रबार दिउँसो बेलौरीका नव निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरण गरि सपथ ग्रहण गराइएको हो ।

बेलौरीका नगरप्रमुख मेयर पोतिलाल चौधरीले नवं निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराएका हुन् । साथै निर्वाचन अधिकृत तारा सिंह धामीले उपमेयर जोगराज चौधरी सहितका वडाध्यक्ष, सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेका छन् । कार्यक्रममा दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका पोतिलाल चौधरीले जनताको चाहना अनुरुप काम गर्ने प्रतिबता जाहेर गरेका छन्।

कार्यक्रममा बेलौरीका निर्वाचन अधिकृत धामीले नव निर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना दिदै निर्वाचन सफल पार्नका लागि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने निकायप्रति धन्यवाद ज्ञापन गरे ।