धनगढीबाट मुक्तिनाथ यात्रामा गएका दुई युवक पौडी खेल्ने क्रममा बेपत्ता


[बेलौरी खबर ]
लेखक : admin      ७ महिना अगाडि मा प्रकाशित     
धनगढीबाट मुक्तिनाथ यात्रामा गएका दुई युवक पौडी खेल्ने क्रममा बेपत्ता

चितवन, १३ असोज । धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका वृद्ध वृद्धासँगै स्वयंसेवकका रूपमा गएका दुई जना तीर्थयात्री देवघाटमा पौडी खेल्ने क्रममा बेपत्ता हुनुभएको छ ।

लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रूपमा मुक्तिनाथ यात्रामा गएका भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढीको मिलनचोक घर भएका १७ वर्षीय पङ्कज दाहाल पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

बेपत्ता दाहाल र अधिकारीको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता पण्डितले बताए । धनगढी उपमहानगरपालिकाले १९० जना वृद्ध वृद्धालाई मुक्तिनाथ यात्राका लागि आइतबार पठाएको थियो। धनगढीको लक्ष्मीनारायण मन्दिरले यात्राको संयोजन गरेको जनाइएको छ ।