दार्चुलामा मतदान गरेर फर्केका वृद्धको मृत्यु


[बेलौरी खबर ]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
दार्चुलामा मतदान गरेर फर्केका वृद्धको मृत्यु

दार्चुला ३० वैशाख। दार्चुलामा मतदान गरेर फर्किएका एक बृद्धको मृत्यु भएको छ । महाकाली नगरपालिका-४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मृत्यु भएको स्थानीय एमाले नेता ज्ञानेन्द्र घर्तीले जानकारी दिए ।

सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमूना मतदान केन्द्रमा मतदान गरेर फर्किने बेला बुढाथोकीको मृत्यु भएको उनले बताए ।