तीन लाख बढीका अबैध सामान बरामद


[बेलौरी खबर ]
लेखक : admin      ७ महिना अगाडि मा प्रकाशित     
तीन लाख बढीका अबैध सामान बरामद

कञ्चनपुरबाट तीन लाख बढीका अवैध सामान बरामद गरिएको छ। विहिबार साँझ भीमदत्त नगरपालिका–०६ सुकाशालबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो।

तीन लाख ४६ हजार पाँचसय मुल्य बराबरका अबैध चिनी, नरिवल, तेल, सलाई, मिश्री, लेडिज जुत्ता चप्पल, गुड, बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। अबैध रुपमा फेला परेका सबै सामान आज भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।