टिकटक कम्पनीको नेपाललाई पत्र : टिकटक बन्द गरेको खबर पाएर आश्र्चयमा परेका छौ


[बेलौरी खबर ]
लेखक : admin      २ हप्ता अगाडि मा प्रकाशित     
टिकटक कम्पनीको नेपाललाई पत्र : टिकटक बन्द गरेको खबर पाएर आश्र्चयमा परेका छौ

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेपछि टिकटक प्रयोकर्ताहरुमाझ नभएर राजनितिक बृतमा पनी यो चर्चा परिचर्चाको बिषय बनेको छ । टिकटक बन्द गर्ने सरकारको निर्णयको कतै प्रसंसा त कतै आचोलना भईरहेको छ । यसैबिच टिकटक कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ।

टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै पत्र पठाएका हुन्। पत्रमा नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयले आश्चर्यमा पारेको सो कम्पनीले जनाएको छ । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेलगत्तै त्यसको जानकारी प्राधिकरणमार्फत इमेल गरी टिकटकलाई दिइएको थियो।सोमबार प्राधिकरणलाई सो कम्पनीले जवाफ फर्काएको हो ।
जवाफमा टिकटकले नेपाल सरकारको यो निर्णयप्रति आश्चर्य व्यक्त गरेको छ । उसले नेपालमा टिकटक बन्द गर्नुपर्ने वास्तविक कारणबारे आफूलाई जानकारी दिन समेत अनुरोध गरेको छ। पत्रमा भनिएको छ, ‘नेपाल सरकारको यो निर्णयबाट लाखौं नेपाली जनताहरू, जसले हाम्रो यो प्लेटफर्ममार्फत रचना र खुसी साटे, उनीहरू जस्तै हामी पनि आश्चर्यचकित छौं। ’ यो प्लेटफर्मलाई छोटो समयमै नेपालका विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक तहका मानिसहरूले अँगालेको बताउँदै सो कम्पनीले लेखेको पत्रमा उक्त प्लेटफर्म सूचना तथा शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न प्रयोग गरिएको दाबी गरेको छ ।,पत्रमा टिकटकले नेपालमा टिकटक सञ्चालनका निम्ति गरेका केही प्रयासहरूबारे पनि प्रकाश पारेको छ भने मापदण्ड विपरीत रहेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएको पनि बताएको छ ।
पत्रमा नेपाल सरकारले यसरी प्रतिबन्ध लगाउनुभन्दा सहयोग गरेमा सुरक्षाको लक्ष्य हासिल गर्न सहज हुने समेत बताइएको छ । विज्ञप्तिमा टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारसँग भएका सहकार्यविपरित रहेको समेत बताइएको छ । पत्रमा प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको कन्टेन्टमा के समस्या भएको हो भन्ने पहिचान गर्नका निम्ति टिकटक नेपाल सरकारसँग मिलेर काम गरिरहन प्रतिबद्ध रहेको समेत बताइएको छ ।
कात्तिक २७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय बमोजिम अहिले ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुले प्राबिधिक काम सम्पन्न गरेर टिकटक नचल्ने पनी बनाईरहेका सकेको छन् । तर अधिकासं प्रयोगकर्ताहररुले भने भिपियानको प्रयोग गरी अहिले पनी नेपालमा टिकटक चलाईहरका छन् ।