जाजरकोट केन्द्रबिन्दु भएर सोमबार अपराह्न परकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सोमबार अपराह्न ४ः३१ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प गएको छ। कात्तिक १७ गते राति ६.४ म्याग्निच्युडको भूकम्प गएयता जाजरकोट आसपास केन्द्रबिन्दु भएर परकम्प गइरहेका छन्।
त्यसयता आज गएको परकम्प सबैभन्दा ठूलो रहेको भूकम्प मापन तथा अध्ययन केन्द्रले जनाएको छ। अहिलेसम्म थुप्रै परकम्प गए पनि चार म्याग्निच्युड आसपासकै थिए।
आजको गएको परकम्पको धक्का जाजरकोटसँगै आसपासका जिल्लामा पनि महसूस गरिएको थियो। परकम्प गएपछि भूकम्प प्रभावित क्षेत्रका बासिन्दा झन त्रसित बनेका छन्।