धरानमा भएको गौ हत्या विरुद्धमा कैलालीमा र्यालि निकालिएको छ ।
जिल्लाको गोदावरीमा लोक कल्याणकारी गौ सेवा ट्रष्ट गोदावरी र सुदूरपश्चिम ॐ कार परिवारले गौ हत्या विरुद्ध र्यालि निकालेको हो ।
अत्तरिया चोकबाट निकालिएको र्याली नारा जुलुस पछि कोण सभामा परिणत भएको थियो ।
सभालाई राप्रपा बाट प्रतिनिधीत्व गर्ने सुदूरपश्चिम प्रदेशकि प्रदेश सभा सदस्य खेमादेवि विष्टले सम्बोधन गरेकी थिईन ।
उनले सबै हिन्दु धर्मावलम्बीहरु एक भएर गाईको रक्षा गर्नुपर्ने बेला आएको बताईन ।
पछिल्लो समय हिन्दु धर्ममाथि प्रहार भइरहेको र गाईको मासु खाएर सामाजिक सन्जालमा हाल्ने काम भइरहेको भन्दै आफ्नो पार्टी राप्राको तर्फबाट पनि बिरोध गरिएको उनले बताईन ।
गौ हत्याको बिरोधमा केही दिन यता जिल्लाका बिभिन्न ठाउँमा बिरोध हुँदै आएको छ ।
धरानमा केहि दिन अघि केहि ब्यक्तिहरुले गाई काटेर मासु खाँदै सामाजिक सन्जालमा भिडियो सेयर गरेका थिए ।