गाईगोरुको छालासहित कञ्चनपुरबाट दुई जना पक्राउ


[बेलौरी खबर ]
लेखक : admin      ४ महिना अगाडि मा प्रकाशित     
गाईगोरुको छालासहित कञ्चनपुरबाट दुई जना पक्राउ

जिल्लामा गाईगोरुको छालासहित दुई जना पक्राउ परेका छन् । कञ्चनपुरबाट काठमाडौँ जाँदै गरेको सु.प.प्र ०२–००१ ख ११०८ नम्बरको बसबाट १५०  पिस गाई–गोरुको छालासहित दुबै जनालाई सोमवार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको पुनर्वास नगरपालिका–३ का ५२ वर्षीय डेने तामाङ्ग र सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–४ जागिर यमुनाका ४० वर्षीय सन्तोषकुमार खड्का रहेका छन् ।

उनीहरुमाथि जिल्ला अदालतबाट थप म्याद लिई अनुसन्धान भइरहेको छ ।