कृषि शाखा प्रमुख मृत अवस्थामा भेटिए


[बेलौरी खबर ]
लेखक : admin      ५ महिना अगाडि मा प्रकाशित     
कृषि शाखा प्रमुख मृत अवस्थामा भेटिए

बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख मृत अवस्थामा भेटिएका छन् ।  बुढिनन्दा नगरपालिका वडा नम्बर ७ पाण्डुसैन घर भएका ४८ वर्षीय कृषि शाखा प्रमुख जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा मृत भेटिएका हुन् ।

इलाका प्रहरी चौकी कोल्टिका अनुसार  कृषि शाखा प्रमुख जयलाल दानी क्वाटर अगाडी कुर्चीमा बसी रहेको अवस्थामा मृत भेटिएका हुन् । दानी कृषि प्राविधिक तर्फ स्थायी कर्मचारी हुन् ।

लामो समय देखी रक्तचापको बिरामीबाट ग्रसित दानी बेला बेला अस्वस्थ भइराख्ने गरेका आफन्तले जनाएका छन् ।