कालापानी क्षेत्र भ्रमणमा भारतिय प्रधानमन्त्री मोदी


[बेलौरी खबर ]
लेखक : admin      ६ महिना अगाडि मा प्रकाशित     
कालापानी क्षेत्र भ्रमणमा भारतिय प्रधानमन्त्री मोदी

नेपालको अतिक्रमित भूमि कालापानी तथा लिम्पियाधुरा क्षेत्रमा आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएका छन् ।

प्रधानमन्त्री मोदी आज बिहान कालापानी क्षेत्रमा पुग्ने बताइएको छ । मोदी कैलाश पर्वतको दूरदर्शन र पूजापाठका लागि कालापानी क्षेत्रमा आउन लागेका हुन ।

मोदी बिहीबार बिहान ८ः३० बजे कैलाश पर्वतको बेसक्याम्प भनिने जोलिङकाङ पुग्नेछन् । त्यहाँबाट उनले कैलाश पर्वतको दर्शन गर्ने र पूजापाठ गर्ने कार्यक्रम छ । कालापानी क्षेत्रमा मोदीले भारतीय सेना, इन्डो-तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन् ।

बिहान ९ः३० बजे उनी गुञ्जी क्षेत्रका गाउँ पुग्नेछन् । गुञ्जीसहित नाभि, कुटी, रोङकाङ, नपलच्यू, गर्ब्याङ र बुदीका स्थानीयबासीसँग छलफल गर्नेछन् । मोदीसँग छलफलका लागि गाउँबाट पहिले नै प्रतिनिधिहरु छनोट गरिएको छ । १२ः०० बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जानेछन् । प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुग्नेछन् ।

मोदीले भ्रमण गर्न लागेको गुञ्जी क्षेत्र रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालले आफ्नो नक्सामा समावेश गरेको छ । भारतले अतिक्रमित गरेको उक्त भूमि फिर्ताका लागि नेताहरुले कूटनीतिक पहल थाल्ने बताउँदै आएका छन् ।