कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई दिएर अमेरिका लागे प्रचण्ड !


[बेलौरी खबर ]
लेखक : admin      ७ महिना अगाडि मा प्रकाशित     
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई दिएर अमेरिका लागे प्रचण्ड !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज साँझ कतार एयरलाइन्सको विमानमार्फत अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिएर अमेरिका लागेका हुन् ।।

उहाँले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसको अघिल्लो दिन मंगलबार उहाँ अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

अमेरिकामा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ । प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ ।