बेलाैरी, १० असाेज । कञ्चनपुरबाट काठ चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।जिल्लाको कृष्णपुर नगरपालिका–६ का ६३ वर्षीय गोरे रोकाया बुधबार पक्राउ परेका हुन्।
२०५३ असाढ २६ काठ चोरी मुद्दामा एक वर्ष कैद र १५ हजार ३८० रुपैयाँ जरिवाना सजाय तोकिएका रोकाया त्यसयता फरार थिए। आज उनलाई घरबाटै पक्राउ गरेर जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएको प्रहरीले जनाएको छ।