कर्तव्य ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ


[बेलौरी खबर ]
लेखक : admin      २ महिना अगाडि मा प्रकाशित     
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ

कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्लाको दोधाराचाँदनी नगरपालिका १ पशुपतीटोलका ३६ वर्षीय गुड्डु भन्ने दयाल सिँह बुढाक्षेत्रीलाई मंगलवार दिउँसो सोही नगरपालिकाबाट पक्राउ गरिएको हो ।

कञ्चनपुर जिल्ला अदालतले २०७६ वैशाख २८ गते ८ दिन कैद र १० हजार जरिवाना तोकिई उनी फरार रहेका थिए । उनलाई आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिको छ ।