कञ्चनपुरमा शिक्षकबाटै छात्रामाथि दुर्व्यवहार,


[बेलौरी खबर ]
लेखक : admin      ८ महिना अगाडि मा प्रकाशित     
कञ्चनपुरमा शिक्षकबाटै छात्रामाथि दुर्व्यवहार,

कञ्चनपुरमा शिक्षकको दुव्र्यवहार विरुद्ध विद्यार्थी आन्दोलित भएका छन् । जिल्लाको भीमदत्त नगरपालिकाका एक शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् ।

भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्र जोशीले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

आइतबार विद्यार्थीले शिक्षकमाथि कारबाहीको माग गर्दै विद्यालयमा विरोध प्रदर्शन गरेका छन्। साउन ३१ गते शिक्षक जोशीले एक छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गर्दै दोषी उपर कारबाहीको माग गरेका हुन्। विद्यार्थीले शिक्षक र कार्यकक्षमा ढुंगामुढासमेत प्रहार गरेका छन्

आन्दोलनका कारण आइतबारको पठनपाठन प्रभावित भएको छ । प्रहरीले शिक्षक जोशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बताए । उनका अनुसार विद्यार्थीले ती शिक्षकमाथि हातपात गरेर घाइते बनाएका छन् ।